प्रथम वाईआरसीसी अन्तर कलेज क्रिकेटको उपाधि नेहारिकालाई

२९ माघ ७५, बुधबार

विराटनगर, माघ २९
प्रथम वाईआरसीसी अन्तर कलेज २०-२० क्रिकेट प्रतियोगिताको उपाधी नेहारिका कलेजले हात पारेको छ । विराटनगरको डिग्री क्याम्पसमा भएको फाइनल खेलमा नेहारिकाले इनरुवाको त्रिशक्ति कलेजलाई ५४ रनले पराजित गरेको हो ।

नेहारिकाले दिएको १०६ रनको लक्ष्य पछ्याएको त्रिशक्ति कलेज १४ ओभरमा ५१ रनमा अलआउट भयो । टस जितेर पहिला ब्याटिङ गरेको नेहारिकाका लागि श्रवण यादवले १६ र मेहबुब बाबु इराकीले नट आउट १८ रन बनाए ।

त्रिशक्तिका लागि जितेन्द्र यादवले ४ र सोनु मण्डलले २ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको त्रिशक्तिका लागि सोनु मण्डलले १७ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । नेहारिकाका मेहबुब बाबु इराकी ४, केशव घिमिरेले ४ र फिरदोस अन्सारीले १ विकेट लिए ।

Advertisement

प्रतियोगितामा नेहारिकाका मेहबुब बाबु इराकी उत्कृष्ट खेलाडी,अर्किड कलेजका दिपक पासवान उत्कृष्ट ब्याट्स म्यान र नेहारिकाका केशव घिमिरे उत्कृष्ट बलर घोषित भएका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी महेशकुमार साह र प्रतियोगिताका संयोजक मनोज चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top