इटहरी, फागुन १
प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे लाई लक्षित गरी सुनसरीको इटहरीमा आयोजना गरिएको रेड कार्पेट फेशन सो भब्य रुपमा सम्पन्न भएको छ ।भ्यालेन्टाइन डे को पूर्वसन्ध्यामा मंगलबार साँझ इटहरी स्थित इम्पेरियल लाउन्जमा आयोजित फेशन शोमा चर्चित फेशन डिजाइनर हरुको ड्रेस डिजाइनमा २० मोडलहरु र्याम्पमा उर्तिएका थिए ।
फेसन शोमा कल्चरल, क्याजुवल, रेट्रो र भ्यालेनटाइन गरि ४ भिन्न सिस्वेन्जमा मोडलहरुलाई उतारिएको कोरियोग्राफर एवं मिस्टर इन्टरनेशनल १०१८ का बिजेता साजिद आलमले बताए । कार्यक्रमको नायिका केकी अधिकारी र बेनिशा हमाल मुख्य आकर्षणको रूपमा रहेका थिए ।
कार्यक्रममा सांगीतिक कार्यक्रम र डिजे पार्टीले समेत गरिएको थियो । कार्यक्रममा डिजे वाईजिन, (रेजिना याख्खा), सुजान्त रेग्मी, सृष्टि श्रेष्ठ र पल लिम्बुले सांगितिक प्रस्तुती दिएका थिए । फेशन शो को लागि क्लासिक कर्भ र द आउटलेटले ड्रेस डिजाइन गरेको थियो । करिब ३ घण्टा चलेको सो कार्यक्रमको म्यानेजमेन्ट इनोभेटिभ एड एजेन्सीले गरेको थियो ।