नेपालगन्जबाट छुटेको बस भेरी नदीमा खस्यो, दर्जन यात्रु रहेको अनुमान

नेपालगन्जबाट छुटेको बस भेरी नदीमा खस्यो, दर्जन यात्रु रहेको अनुमान

जाजरकोट,फागुन २
बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस आज साँझ भेरी नदीमा खसेको छ ।

करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा–रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई मिटर अगाडिबाट भे १ ख १३२९ बस भेरीमा खसेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्घारका लागि टोली परिचालनको तयारी भइरहेको जानकारी दिए ।

सो बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ ।(कान्तिपुरबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.