७८ लाख घुस लिएका अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदको तयारी

७८ लाख घुस लिएका अख्तियार आयुक्तमाथि महाभियोग लगाउने सांसदको तयारी

काठमाडौं : अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख घुस लिएको सार्वजनिक छ । उनले मुद्दा मिलाउने बहानामा घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ ।,यो समााचार आजको नागरिक दैनिकमा छ ।

भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको हो ।

घुस लिएको आरोप लागेको पाठकले पदबाट राजीनामा नदिएमा संसद्दे टुलुटुलु हेरेर बस्न नसक्ने नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले बताए । कु्नै पनि सार्वजनिक पदमा बस्ने व्यक्तिले अनेीतक काम गर्दा संसद्ले हेरेर नबस्ने अनको भनाई छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा ७८ लाख घुस लिएको कुरा सार्वजनिक भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.