प्रेम दिवसका दिन पाँच जनाले गरे सम्बन्धविच्छेदको माग

प्रेम दिवसका दिन पाँच जनाले  गरे सम्बन्धविच्छेदको माग

काठमाडौँ : हेटौँडा उपहानगरपालिका १३ का २९ वर्षीय सुमन लामाले पत्नीसँग सम्बन्धविच्छेद गर्न जिल्ला अदालत (मकवानपुर) मा मुद्दा दर्ता गराएका छन्। लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पनि पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत ९मकवानपुर० मा निवेदन दर्ता गराएकी छन्।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

उनीसँग एक वर्षको छोरा पनि छ। सधैं पतिले रक्सी खाएर कुटपिट गर्ने गरेकाले छोरासमेत कुटपिटमा मर्न सक्ने डरले सम्बन्धविच्छेद गर्न अदालतको ढोका ढकढक्याएको उनले बताइन्।

प्रेम दिवसका दिन बिहीबार मात्र जिल्ला अदालत ९मकवानपुर०मा लामा र केसीसहित ५ जनाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन्। मुद्दा दर्ता गर्नेमा एक पुरुष र चार महिला रहेको अदालतले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.