×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भन्सार छली गर्ने अधिकृतसहित आठविरुद्ध साढे ७ कराेडकाे मुद्दा

३ फाल्गुन २०७५

काठमाडौं : न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ ।,याे समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

मितेरी इन्टरनेसनलका सञ्चालक सुमन श्रेष्ठ, कर्मचारी रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र न्यून बिजीकरणमा संलग्न आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ । उनीहरूविरुद्ध गत २४ मंसिर राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरेको थियो । विभागकै अनुसन्धान प्रतिवेदनका आधारमा थप छानबिन गरी आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र व्यवसायी मिलेर राज्यलाई घाटा हुने काम गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

भन्सार कार्यालयका कर्मचारीसँग मिलेर न्यून मूल्यांकन गरी एडिडास ब्रान्डका कपडालाई बच्चाको कपडा भनेर मूल्यांकन गरिएको थियो । गत भदौमा विभागले कपडाका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top