विराटनगर, फागुन ३
जोन डियर्स कम्पनीका ट्याक्टरहरु माथि पछिल्लो समय उपभोक्ताको आकर्षण बढ्दै गएको छ । विराटनगरस्थित विवेक अटोमोबाईल्स प्रा.लि ले एकै दिन १२ वटा जोन डियर्स कम्पनीका ट्याक्टर बिक्री गरेको छ । विराटनगर– ३ मा रहेको सो अटोमोबाईल्सले भारतबाट आएका जोन डियर कम्पनीका प्रतिनिधिहरुको भ्रमणको समयमा शुक्रबार एकैपटक १ करोड ८० लाख मूल्य बराबरका १२ वटा ट्याक्टर बिक्री गरेको हो ।
ट्याक्टर खरिदकर्ताहरुलाई जोन डियर इन्डिया प्रा. लि.का सेल्स एण्ड मार्केटिङ उपनिर्देशक प्रभात सक्सेना,विवेक अटोमोबाईल्सका प्रबन्ध निर्देशक वेदप्रकाश शर्मा, रिजनल म्यानेजर श्याम पट्टेल, ब्रान्च म्यानेजर आशिष मैनाली लगायतले ट्याक्टरको साँचो हस्तान्तरण गरेका थिए ।
मूल्य,टिकाउ,बिक्रीपछिको सर्भिस, स्पेयरपार्टस र सुविधाका हिसावले जोनका ट्याक्टर उपभोक्तामैत्री देखेकाले जोनकै ट्याक्टर खरिद गरिएको उपभोक्ताहरुले बताएका छन् । जोन डियर कम्पनीको नेपालभरिको आधिकारिक विक्रेता रहेको विवेक अटोमोबाईल्सका हाल १६ वटा शाखाहरु रहेका छन् ।
करिब १४ वर्ष अघिबाट नेपालमा सो कम्पनीका उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको सो कम्पनीले हालसम्म १० हजार भन्दा बढी ट्याक्टर बिक्री गरिसकेको जनाएको छ । अमेरिकन टेक्नोलोजीबाट उत्पादन हुँदै आईरहेको जोन डियर कम्पनीका उत्पादनहरु भारतमा निर्माण हुने गरेका छन् ।