×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विवेक अटोमोबाईल्सले बेच्यो एकै दिन १२ ट्याक्टर

३ फाल्गुन २०७५

विराटनगर, फागुन ३
जोन डियर्स कम्पनीका ट्याक्टरहरु माथि पछिल्लो समय उपभोक्ताको आकर्षण बढ्दै गएको छ । विराटनगरस्थित विवेक अटोमोबाईल्स प्रा.लि ले एकै दिन १२ वटा जोन डियर्स कम्पनीका ट्याक्टर बिक्री गरेको छ । विराटनगर– ३ मा रहेको सो अटोमोबाईल्सले भारतबाट आएका जोन डियर कम्पनीका प्रतिनिधिहरुको भ्रमणको समयमा शुक्रबार एकैपटक १ करोड ८० लाख मूल्य बराबरका १२ वटा ट्याक्टर बिक्री गरेको हो ।

Advertisement
Advertisement

 

ट्याक्टर खरिदकर्ताहरुलाई जोन डियर इन्डिया प्रा. लि.का सेल्स एण्ड मार्केटिङ उपनिर्देशक प्रभात सक्सेना,विवेक अटोमोबाईल्सका प्रबन्ध निर्देशक वेदप्रकाश शर्मा, रिजनल म्यानेजर श्याम पट्टेल, ब्रान्च म्यानेजर आशिष मैनाली लगायतले ट्याक्टरको साँचो हस्तान्तरण गरेका थिए ।

मूल्य,टिकाउ,बिक्रीपछिको सर्भिस, स्पेयरपार्टस र सुविधाका हिसावले जोनका ट्याक्टर उपभोक्तामैत्री देखेकाले जोनकै ट्याक्टर खरिद गरिएको उपभोक्ताहरुले बताएका छन् । जोन डियर कम्पनीको नेपालभरिको आधिकारिक विक्रेता रहेको विवेक अटोमोबाईल्सका हाल १६ वटा शाखाहरु रहेका छन् ।

 

करिब १४ वर्ष अघिबाट नेपालमा सो कम्पनीका उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको सो कम्पनीले हालसम्म १० हजार भन्दा बढी ट्याक्टर बिक्री गरिसकेको जनाएको छ । अमेरिकन टेक्नोलोजीबाट उत्पादन हुँदै आईरहेको जोन डियर कम्पनीका उत्पादनहरु भारतमा निर्माण हुने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top