काठमाडौं, फागुन ४
भारतमा शुक्रबार सम्पन्न हिरो वुमन्स गोल्ड कपमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीसंयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।
शुक्रबार राती भएको खेलमा म्यानमारसँग ३–१ ले पराजित हुँदै नेपाल गोल्ड कपमा उपविजेतामा सिमित भएको थियो ।व्यक्तिगत सफलतामा भने सावित्रा र म्यानमारी यी यी ओन सर्वाधिक गोलकता रहे । दुवैले समान ४ गोल गरे । सावित्राले राउन्ड रोविनका ३ मध्ये २ खेलमा गोल गरेकी थिइन् ।
भारतलाई २–१ ले पहिलो पटक हराउँदा २ गोल गरेकी सावित्राले इरानलाई ३–० ले हराउँदा पनि २ गोल नै गरेकी थिइन् । सावित्राले अहिले सम्म राष्ट्रिय टोलीका लागि २२ गोल गरिसकेकी छिन् । सावित्रा र ओले संयुक्त रुपमा १ लाख भारतीय रुपैयाँ प्राप्त गरे ।