काठमाडौँ : रोजगारीका लागि विभिन्न देशमा जाने क्रममा भारतमा १७९ नेपाली प्रहरीको नियन्त्रणमा परेका छन्। विभिन्न गिरोहले अवैध तरिकाले भारत हुँदै अन्य मुलुक लैजान खोजिरहेको अवस्थामा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको हो।, यो खबर आजको राजधानी दैनिकमा छ।
अलपत्र पर्नेहरु मध्ये धेरै जसो महिला पनि रहेकाछन्। नेपाल पक्षले उनीहरूको उद्धार प्रयास गरे पनि अझै सफल हुन सकेको छैन।सरकारले उनीहरूलाई उद्धार तथा राहतका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन नियन्त्रण शाखा प्रमुखको संयोजकत्वमा १२ सदस्यीय एक उपसमिति गठन गरेको छ ।