सिंहदरबारको सेवा गाउँ पस्यो, स्थानीय बासिन्दा दंग

सिंहदरबारको सेवा गाउँ पस्यो, स्थानीय बासिन्दा दंग

बाँके : बाँकेको सुदूरपूर्वमा पर्ने नरैनापुर गाउँपालिकाका नागरिक यतिवेला दंग छन् । स्थानीय निर्वाचनपछि जनप्रतिनिधिको आगमन, सुरक्षा निकाय, बैंक तथा वित्तीय संघसंस्था खुल्नु र गैरसरकारी संस्था स्थापना भएपछि चहलपहल बढेको छ ।

भारतीय सीमानजिकैको नरैनापुर गाउँपालिकामा विगतमा पहाडी मूलका नागरिक जान मान्दैनथे । नेपालगन्ज–बघौडाअन्तर्गत पर्ने ४४ किलोमिटर हुलाकी सडक निर्माण भएपछि मोटरसाइकलमा एक घन्टामा नेपालगन्ज पुग्न सकिने भएको छ ।

सरकारी गतिविधि बढेको तथा जनप्रतिनिधिको आउजाउ बढेका कारण स्थानीयलाई राज्य भएको अनुभूत भएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.