एजेन्सी, फाल्गुन ३
सुरुवाती सिजनमै २४ खेलमा १९ गोल गरिसकेका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एक पछि अर्को रेकर्ड थप्दै आफु अझै बुढो नभएको, जुन पनि लिगमा आफु खेल्न सक्ने साबित गरेका छन् । गत राति सिरी ‘ए’ फुटबलअन्तर्गत फ्रोसिननविरुद्धको खेलमा गोल र असिस्ट गर्दै उनले नयाँ रेकर्ड कायम गरेका हुन् । ३-० को स्कोरमा सक्किएको खेलमा डिबला, बोनुच्ची र रोनाल्डोली क्रमश: गोल गरेका थिए ।
सो खेलको १ गोल र १ असिस्टपछि ३४ वर्षीय रोनाल्डोले आफ्नो करिअरमा युरोपका टप–५ लिगमा तेस्रोपटक तीन खेलमा लगातार गोल र असिस्ट गर्ने रेकर्ड बनाएका छन् ।
रोनाल्डोले यसअघि युरोपका मुख्य लिगमा लगातार दुईपटक लगातार तीन खेलमा गोल र असिस्ट गरेका थिए । गत रातिको खेलपछि उनले तेस्रोपटक तीन खेलमा लगातार गोल र असिस्ट गरेका हुन् ।
रोनाल्डोले यसअघि सिरी ‘ए’का दुई खेलमा पनि लगातार गोल र असिस्ट गरेका थिए । उन ले सासुओलो र पार्माविरुद्धको खेलमा लगातार गोल र असिस्ट गरेका थिए । यससँगै रोनाल्डोले सिरी ‘ए’ को सर्वाधिक गोलकर्तामा अग्रता बढाएका छन् । रोनाल्डो लिगका २४ खेलबाट १९ गोलसहित सर्वाधिक गोलकर्ताको पहिलो नम्बरमा छन् । उनले ९ गोलका लागि असिस्टसमेत गरेका छन् ।
स्रोत : फुटबल खबर