बुढासुब्बा गोल्डकप : फाइनलमा आयोजक धरान र डफिन्स भिँड्दै

बुढासुब्बा गोल्डकप : फाइनलमा आयोजक धरान र डफिन्स भिँड्दै

धरान, फागुन ५
धरानमा जारी रेडबुल २१ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आज दाफिन्स एफसी, क्यामरुन र आयोजक धरान एफसी भिड्दै छन् । फाईनल खेल दिनको ३ बजेदेखि धरान रंगशालामा शुरु हुने छ ।

उपाधि भिडन्तमा आयोजक धरानलाई घरेलु मैदान र समर्थकको साथ रहने निश्चित छ । उता भर्खरै सम्पन्न मनकामना केबलकार पोखरा कपको उपाधि जितेको दाफिन्स लगातार दोस्रो उपाधि जित्न दाउमा छ ।

प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा धरानले सिएमजी संकटा क्लबलाई पराजित गरेको थियो भने दाफिन्सले विभागीय टोली नेपाल पुलिस क्लबको चुनौति पन्छाएको थियो ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.