जनजातिमा सुचिकृतका लागि विराट राजवंशीको मोटरसाइकल ¥याली

जनजातिमा सुचिकृतका लागि विराट राजवंशीको मोटरसाइकल ¥याली

विराटनगर, फागुन ४
आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने माग गर्दे विराट राजवंशी समाज उत्थान समितिले विराटनगरमा शनिबार मोटरसाइकल ¥याली निकालेको छ । विराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत गर्नुपर्ने लगायतका विभिन्न माग सहित समितिले दवावमुलक कार्यक्रम अन्र्तगत ¥याली निकालेको हो ।

स्थानिय कंचनबारी चोकबाट निकालिएको मोटरसाइकल ¥यालीले गोग्राहाचोक,शंकरपुर,कोचाखाल,सरौचिया हुंदै बलुवाही तथा बुधनगरसम्मको परिक्रमा गरेको थियो । विराट राजवंशी समुदायको बसोबास रहेको विभिन्न इलाकाहरुको परिक्रमागर्दै ¥याली हाटखोलास्थित मैदानमा पुगेर समापन भएको समितिले जनाएको छ ।

समितिले विगत १२ बर्षदेखि आफ्ना माग सम्बोधन गराउन प्रत्येकबर्ष तीन दिने शान्तिपूर्ण कार्यक्रम गर्दै आएको विराट राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले बताए ।

समितिले विभिन्न ७ बुंदे माग सहित बृहत भेला र खबरदारीस्वरुप मोटरसाइकल ¥याली गरेको उनले बताए । कार्यक्रम अनुसार फागुन ६ गते बृहत भेला आयोजना गरिने समितिका जिल्ला सचिव सिद्धुलाल राजवंशीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.