विराटनगरको रानी क्षेत्रमा अब हरेक शनिबार सफाई अभियान

विराटनगरको रानी क्षेत्रमा अब हरेक शनिबार सफाई अभियान

विराटनगर, फागुन ४
विराटनगरको रानी क्षेत्रमा अब हरेक शनिबार सफाइ अभियान सन्चालन गरिने भएको छ । सफाई अभियान आजबाट सुरु गरिएको छ । सामूदायिक सेवा केन्द्र रानीको अगुवाईमा सुरु भएको अभियानमा इलाका प्रहरी कार्यालय रानी,शसस्त्र प्रहरी बल र स्थानीय संघसंस्था सहभागि छन् ।

विराटनगर भन्सार क्षेत्रको २ नम्बर गेटबाट अभियानको थालनी गरिएको छ । शनिबार भन्सार क्षेत्रदेखि स्थानीय रामजानकी चोकसम्म सरसफाई गरिएको छ । सरसफाईमा आयोजक सामूदायिक सेवाकेन्द्र रानीका अध्यक्ष किशोर सुब्बा,शसस्त्र प्रहरी बलका डिएसपी सुरेन्द्र रणजित,इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ,विराटनगर १५ का वडाध्यक्ष असलम आलम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारण सहभागि भएका छन् ।

अभियान अन्र्तगत अब प्रत्येक साता सरसफाई सँगै विभिन्न सचेतना कार्यक्रम गरिने कार्ययोजना तयार गरिएको सामूदायिक सेवाकेन्द्रले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.