×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

जैश–ए–मोहम्मद : काठमाण्डौबाट विमान ‘हाइज्याक’ गर्नेदेखि कश्मिर आक्रमणसम्म !

४ फाल्गुन २०७५

काठमाडौँ,फागुन ४
पाकिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन जैश–ए–मोहम्मद फेरि एक पटक चर्चामा रहेको छ । जम्मू–कश्मिरको पुलवामा जिल्लामा ४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आतंककारी आक्रमणको जिम्मेवारी जैश–ए–मोहम्मदले लिएको छ ।

जम्मू–कश्मीरमा भएको आंतकवादी आक्रमणको नेपाल सरकारले गर्यो कडा निन्दा
जैस–ए–मोहम्मदका प्रवक्ता मोहम्मद हसनले एउटा विज्ञप्ति सार्वजनिक गर्दै आदिल अहमद उर्फ वकास कमाण्डोले विस्फोटक पदार्थले भरिएको कार सुरक्षाकर्मीको गाडीमा ठोक्काएको बताएका छन् । वकास कमाण्डो पुलवामा जिल्लाकै नागरिक भएको बताइएको छ ।

Advertisement
Advertisement

बिहीबार पुलवामामा भएको आक्रमणको एक दृश्य 

जैश–ए–मोहम्मदले भारतीय भूमिमा आक्रमण गरेको यो पहिलो पटक भने होइन । यो सिलसिला जैश–ए–मोहम्मदका प्रमुख अजहर मसूदको गिरफ्तारीपछि सन् १९९९ बाट भएको थियो । डिसेम्बर२४ तारिख १९९९ का दिन १८० यात्री रहेको इन्डियन एयरलायन्सको काठमाण्डौबाट दिल्ली जाँदै गरेको जहाजको अपहरणबाट सुरु भएको थियो ।

 

विस्फोटमा परि क्षतविक्षत भएको अवस्थामा सुरक्षाकर्मीको गाडी


मौलाना मसूद अजहरलाई भारतीय अधिकारीले सन् १९९४ मा कश्मीरमा सक्रिय आतंकवादी संगठन हरकत–उल–मुजाहिदीनका सदस्य भएको आरोपमा श्रीनगरबाट गिरफ्तार गरेका थिए ।

कसरी सक्रिय भयो जैश–ए–मोहम्मद ?
अपहरणकर्ताले काठमाण्डौबाट दिल्लीका उडेको जहाजलाई अफगानिस्तानको कन्दाहार लगेका थिए । उनीहरुले भारतीय जेलमा रहेका मौलाना मसूद अजहर, मुश्ताक जरगर, शेख अहमद उमर सइदजस्ता चरमपन्थी नेताको रिहाईको माग गर्दै जहाज अपहरण गरेका थिए ।

जहाज हाइज्याक भएको ६ दिनपछि तत्कालीन भारतीय सरकारले अपहरणकारीको शर्त मान्दै चरमपन्थी नेताहरुलाई रिहा गरेको थियो । त्यसको बदलामा उनीहरुले कन्दहारमा अपहरण गरिराखेको यात्रुसहितको विमान छोडेका थियो । त्यतिबेला स्वर्गीय अटल बिहारी वाजपेयी नेतृत्वको सरकार रहेको थियो ।

अपहरण गरी लगिएको इन्डियन एयरलाइन्सको जहाजसँगै अपहरणकारी

त्यसलगत्तै मौलाना मसूद अजहरले फेब्रुअरी २००० मा जैश–ए–मोहम्मदको स्थापना गरेका थिए । त्यसपछि यो चरमपन्थी संगठनले भारतमा कैयौँ आतंककारी आक्रमण गरेको छ । त्यसबेला सक्रिय रहेको हरकत–उल–मुजाहिदीन र हरकत–उल–अंसारका कैयौँ चरमपन्थी जैश–ए–मोहम्मदमा प्रवेश गरेका थिए । मौलाना मसूद अजहर आफै पनि हरकत–उल–अंसारका महासचिव रहेका थिए । उनी हरकत–उल–मुजाहिदीनसँगको सम्पर्कमा पनि थिए ।

पठानकोट, उडीदेखि पुलवामासम्मको आक्रमण
आफ्नो स्थापना भएको दुई महिनामै जैश–ए–मोहम्मदले श्रीनगरको बदामीबागमा रहेको भारतीय सेनाको स्थानीय मुख्यालयमा भएको आतंककारी आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि २८ जुन, २००० मा भएको जम्मू–कश्मीर सचिवालयमा पनि संगठनले आक्रमण गरेको थियो ।

त्यस्तै २४ सेप्टेम्बेर २००१ मा एक युवकले विस्फोटक पदार्थले भरिएको कारले श्रीनगरमा रहेको विधानसभा भवनमा ठक्कर दिएका थिए । त्यसै समय अर्का व्यक्ति विधानसभा भवनको पुरानो भवनमा पसेर आगो लगाएका थिए । यो घटनामा ३८ जनाको ज्यान गएको थियो । आक्रमण हुनेबित्तिकै जैश–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको थियो तर अर्को दिन उसले आफूले घटना नघटाएको बताएको थियो ।

पठानकोट आक्रमण

सन् २००१ को डिसेम्बर १ मा भएको भारतीय संसद भवनमा भएको आतंककारी आक्रमण र जनवरी २०१६ मा पञ्जाबको पठानकोटमा भएको वायु सेनाको अड्डामा भएको आक्रमणको जिम्मेवारी पनि जैश–ए–मोहम्मदलाई नै ठहराइन्छ । पठानकोटमा भएको आक्रमणभन्दा पहिले भारतमा भएका थुप्रै आक्रमणको जिम्मेवार ठहराइएको थियो । त्यसमध्ये सबैभन्दा ठूलो आक्रमण सन् २००८ मा मुम्बईमा भएको थियो । यो घटनामा आक्रमणकारीसहित १७४ जनाको ज्यान गएको थियो । घटनामा लश्कर–ए–तोएबाको मुख्य हात भएको भए पनि यसमा जैश–ए–मोहम्मदले पनि सघाएको भारतीय सुरक्षा एजेन्सीहरुले दाबी गरेका छन् ।

मुम्बई आक्रमण


सन् २००१ मा भारतीय संसदीय भवनमा भएको आक्रमणका मुख्य दोषी अफजल गुरु जैश–ए–मोहम्मदसँग जोडिएका थिए । उनलाई सन् २०१३ मा मृत्युदण्ड दिइएको थियो । डिसेम्बर २०१६ मा भएको कश्मीरको उडीमा सैन्य अखडामा भएको आक्रमणमा १८ जना भारतीय सैनिकको ज्यान गएको थियो ।

अफजल गुरु
त्यसको केही दिनमै भारतीय सेनाले नियन्त्रण रेखामा ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको थियो ।

आतंककारी संगठनको सूचीमा समावेश

जैश–ए–मोहम्मदलाई भारत, ब्रिटेन, अमेरिका तथा संयुक्त राष्ट्र संघले पनि आतंककारी संगठनको सूचीमा समावेश गरेको थियो । अमेरिकाको दबाबमा आएर पाकिस्तानले पनि सन् २००२ मा यो संगठनमाथि प्रतिबन्ध लगाएको थियो । केही रिपोर्टहरुलाई मान्ने हो भने जैश–ए–मोहम्मदका प्रमुख मौलाना मसूद अजहर पाकिस्तानको पञ्जाब प्रान्तको बहावलपुरमा बस्दै आएका छन् ।

पठानकोटमा भएको आक्रमणपछि पाकिस्तानले बहावलपुर र मुल्तानमा रहेको जैश–ए–मोहम्मदको अखडामा कारबाही गरेको थियो । पाकिस्तानी सञ्चार माध्यमले अजहरका भाइलाई गिरफ्तार गरेको खबर पनि प्रकाशित गरेका थिए । पाकिस्तानसँग भारतले पटक–पटक अजहरलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ । तर पाकिस्तानले भने प्रमाणको अभाव रहेको भन्दै टाल्दै आएको छ । पठानकोट आक्रमणपछि जैश–ए–मोहम्मदले अल–कलाममार्फत एक अडियो सार्वजनिक गर्दै भारतीय सुरक्षा एजेन्सी ‘जिहादी’ हरुमाथि नियन्त्रण गर्न नसकेको भन्दै मजाक उडाएको थियो ।

आत्मघाती आक्रमण बढ्दै

पछिल्लो समय जैश–ए–मोहम्मदले आत्मघाती आक्रमण बढाउँदै लगेको छ । पछिल्लो पटक पुलवामामा भएको आक्रमण पनि आत्मघाती आक्रमण नै हो । ४० भन्दा सुरक्षाकर्मीको ज्यान जाने गरी आदिल अहमद डार नामका युवकले आत्मघाती कार बम विस्फोृट गराएका थिए । उनी एक वर्षअघि मात्रै जैश–ए–मोहम्मदमा संलग्न भएका थिए ।

बिहीबार आत्मघाती आक्रमणकारी गर्ने आदिल अहमद डार

 

Advertisement

आक्रमणपछि उनको फोटो र आक्रमणबारे जानकारी दिँदै गरेको एउटा भिडियो भाइरल भैरहेको छ । आधुनिक हतियार वरिपरि राखेर उनले भनेका छन्, ‘मेरो नाम आदिल हो । म एक वर्षअघि जैश–ए–मोहम्मदमा आवद्ध भएको थिएँ । एक वर्षपछि जैश–ए–मोहम्मदमा रहेर …अवसर पाएँ । यो समय मेरो भिडियो तपाईँहरुसामू पुगिसकेको हुनेछ । त्यतिबेला म स्वर्गमा पुग्नेछु । कश्मीरी नागरिकका लागि यो नै मेरो अन्तिम सन्देश हुनेछ ।’
(बीबीसी हिन्दी र अन्य एजेन्सीको सहयोगमा)

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top