समाजकल्याण परिषद्का सबै पदाधिकारी बर्खास्त !

समाजकल्याण परिषद्का सबै पदाधिकारी बर्खास्त !

काठमाडौं : सरकारले समाजकल्याण परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गरेको छ।,याे खबर आजकाे राजधानी दैनिकमा छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोषमा अनियमितता गरेको भन्दै परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यसचिव डिल्लीप्रसाद भट्ट तथा सदस्यहरु इन्द्रप्रसाद झा र गोकर्णप्रसाद भट्टलाई बर्खास्त गरेको हो।

यसअघि सरकाले उनीहरुसँग दुईपटक स्पष्टीकरण लिएको थियो। परिषद्का पदाधिकारीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको र उनीहरू अनियमिततामा मुछिएको भन्दै सरकारले सबैलाई बर्खास्त गरेको हो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.