दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

मुगु : मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ लिन जाँदा साढे ६ बजेतिर सई शाहीले बलात्कार गरेको मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको स्थायी घर हुम्लाको चंखेली गाउँपालिकाको दार्मा गाउँ रहेको बताइएको छ ।पीडितका श्रीमानका अनुसार आफू काम विशेषले घर बाहिर गएको र साझँ घरमा श्रीमती नदेखेपछि सोध्दा सालीले कसैले पैसा लिन बोलाएकोले त्यतैतिर गएको बताएकी थिइन् । तर लामोसमयसम्म पनि नआएपछि खोज्दै जाँदा चैन गाउँ जाने भीर बाटोमा आफूले श्रीमती भेटेको उनले बताए ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.