एजेन्सी, फागुन ५
एथ्लेटिको मड्रिडलाइ पराजित गरेर आफ्नो लयमा आएको खबर गरेपछि अबको अर्को खेल गिरोनासंग आफ्नै घरेलु मैदानमा खेल्दै छ । यो सिजनको सुरुआत खराब तरिकाले गरेको रियल मड्रिड पछिल्लो समय उत्कृष्ट लयमा फर्किएको छ । उसले पछिल्ला खेलमा लगातार जित दर्ता गर्दै घरेलु लिगमा पनि राम्रो पुनरागमन गरेको छ ।
तसर्थ, आज आफ्नो घरमा जिरोनाविरुद्ध उत्रिँदा रियल अर्को सहज जित निकालेर पुनः लिगको दोस्रो स्थानमा उक्लिन प्रयास गर्नेछ । यदि आजको खेल जिते एथ्लेटिकोलाई पछि पार्दै रियल पुनः दोस्रो स्थानमा चढ्नेछ ।
जिरोना त्यही टोली हो, जसलाई रियलले कोपा डेल रे फुटबलको अन्तिम आठमा हराएर सेमिफाइनल प्रवेश गरेको थियो । यी दुई टोलीबीच पुनः घरेलु लिगमा भेट भएको हो । हाल लिगमा रियल २३ खेलबाट ४५ अंक जोडेर तेस्रो स्थानमा छ । २४ खेल खेलको एथ्लेटिको ४७ अंकसहित दोस्रोमा छ भने २४ खेल नै खेलेको बार्सिलोना ५४ अंक बनाएर शीर्ष स्थानमा छ ।
आज हुने अन्य खेलमा भ्यालेन्सिया र इस्पान्योल राति ९ बजेबाट खेल्दैछन् । अर्को खेलमा भिल्लारियल र सेभिल्ला राति ११ः१५ बजेबाट खेल्नेछन् भने रियल बेटिस र अलाभेसको खेल राति १ः३० बजेबाट हुनेछ ।