×

NEPAL TIMES UPDATES

Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026
Playing
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कहिलेदेखि संचालनमा ?|| Nepal Times
Apr 12, 2026
Playing
बालेनले हर्कलाई उपसभामुख किन दिलाए ? अब मिल्ने ?|| Nepal Times
Apr 12, 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण अन्तिम चरणमा, परिक्षण उडान असारमा हुने

५ फाल्गुन २०७५

काठमाडौं ,फागुन ५

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको ३ हजार मिटर लम्बाईको धावनमार्ग वयरिङ र सोल्डरको काम भैरहको छ । कात्तिक १५ गतेदेखि सुरु भएको धावनमार्ग कालोपत्रेको काम फागुनको अन्त्यसम्म सकिनेछ ।

Advertisement
Advertisement

विमानस्थललाई आगामी वर्षको असारदेखि परिक्षण उडान गर्ने गरी काम भैरहेको छ । धावनमार्ग फागुनको अन्तिमसम्ममा पुर्ण रुपमा सकिने आयोजनाका हेरिरहेका एक सदस्य चादमाला श्रेष्ठले जनाकारी दिइन । ‘आयोजना २८ जुनमा सकिने गरी काम भैरहेको छ, परिक्षण उडानका लागि अब धेरै कुर्नुपर्दैन श्रेष्ठले भनिन् व्यवसायिक उडानका लागि सेप्टेम्बरसम्म कुर्नुपर्छ ।’

विमानस्थलको सुरक्षा मापदण्डको एरिड्रोम इन्जिनियरिङले काम गरिरहेको छ भने अन्तर्राष्ट्रिय मापदण्डको लागि आइसीएओले अध्ययन गरिरहेको छ । विमानस्थलको काम ७० प्रतिशत काम सम्पन्न भएको नेपाल नागरिक उड्डयान प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्धमा ठेकेदारले तिब्र गतिमा काम गरिरहेकोले अबकोले काम समयमै सकिने पौडेलले बताए ।

अहिले विमानस्थलमा पार्किङ, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायत पुर्वाधारको काम भैरहेको छ । प्रशासनिक भवनको अन्तिम चरणको काम भैरहेको छ । कन्ट्रोल टावरको पाचौं तलाको काम भैरहेको प्राधिकरणले जनाएको छ ।
विमानस्थल निर्माण गर्न चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । कम्पनीले २ सय जना चिनियाँ कामदार झिकाएर धमाधम काम गरिरहेको छ । अहिले हवाई पूर्वाधार र जमिन पूर्वाधारको काम धमाधम भैरहेको छ । पूर्वाधारका १२ विधामा ६० प्रतिशत काम सकिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विमानस्थलमा हाल २४ घण्टा नै काम भैरहेको छ ।

हाल विमानस्थलको ३ हजार मिटर लामो र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, घाङग्रा खोला, सहायक रोड, टर्मिनल बिल्डिङ, प्यासेन्जर बिल्डिङ, कन्ट्रोल टावर, एयर कार्गो, सब स्टेशन बिल्डिङको काम भैरहेको छ ।

आयोजनामा चालु आर्थिक वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ५ महिनामा यस आयोजनामा ३ अर्ब ३९ करोड खर्च भैसकेको छ । विमानस्थलको टेक्निकल काम तर्फको टेण्डरको काम अन्तिम चरणमा पुगेको प्रवक्ता श्रेष्ठले बताए ।

टेक्निकल कामतर्फ भ्वाइस् कम्यूनिकेटिङ कन्ट्रोल प्रणाली, एटीएम कम्युनिकेशन, मेटोरोलोजिकल इक्युप्मेन्टस्, एटीएम कन्सोलेस्, इस्टुमेन्ट ल्याण्डिङ सिस्टम लगायत कामको लागि टेन्डर अन्तिम चरणमा पुगेको छ ।

धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिइसकेको छ । अहिले अन्तिम चरणको बिटामिन लेयरको काम भैरहेको छ ।

Advertisement

सरकारले राष्ट्रिय गौरवको रुपमा अघि बढाएको सो आयोजना सन् २०१७ मै सकिने लक्ष्य लिइएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा तोकिएको समय भन्दा २ वर्ष ढिलो हुने भएको हो । विमानस्थल निर्माण सम्पन्न भएपछि ६ वटा अन्तर्राष्ट्रिय जहाज र ४ वटा स्वदेशी जहाज पार्किङ गर्न सकिनेछ । आयोजनाको लागि सरकार, एसियाली विकास बैंक एडीबी र ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोगले लगानी गरेका छन् । (विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top