विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव,६ राष्ट्रका १० नाटक मञ्चन हुने

विराटनगर, फागुन ६
विराटनगर–८ स्थित हाटखोलास्थित आरोहरण गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । वि.सं. २०३८ सालदेखि निरन्तर कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगर शाखाले महोत्सव गर्न लागेको हो ।

यही फागुन १५ देखि २४ गतेसम्म महोत्सव हुन लागेको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रले जानकारी दिए । महोत्सवमा भारत, बंगलादेश, श्रीलंका, अफगानिस्तान, इटालीका १–१ र नेपालका ५ गरी १० वटा नाटक मञ्चन हुनेछ । हरेक दिन एउटा नाटक मञ्चन हुने क्षेत्रीले जनाए ।

महोत्सवमा नेपालमा काम गरिरहेका झण्डै १ सय र अन्य मुलुकका करिब १ सय जना कलाकार, निर्देशक, प्राविधिक, लेखक तथा पत्रकारको जमघट हुनेछ । महोत्सवमा सहभागी हुन इटालीबाट आएका रंगकर्मीले ३ दिनको नाट्य कार्यशालासमेत सञ्चालन गर्ने उनले बताए ।

Advertisement

१५ गते आरोहणको ‘विराट पर्व’, १६ गते बंगलादेशको ‘मातब्रिङ’, १७ गते इटालीको ‘डिसापारायसिट ओएस ह्यास–४३’ र १८ गते भारतको ‘चम्पावती’ नाटक मञ्चन हुने तय भएको छ । त्यस्तै श्रींलंकाको ‘लभ एण्ड लाइफ’ १९ गते, झोराहाट नाट्य समूहको ‘घरभित्रको अर्को घर’ २० गते, परिवर्तन थिएटर काँकडभिट्टाको ‘विटुलो आख्यान’ २१ गते, अफगानिस्तानको ‘ता राहाये’ २२ गते, थिएयटर नेपाल उदयपुरको ‘देश बनाउँछु भन्नेहरू’ २३ गते र कदम थिएटर दमकको ‘गैंडा टाइम्स’ २४ गते मञ्चन हुने निश्चित भएको छ ।

महोत्सवको उद्घाटनका दिन सांस्कृतिक प्रदर्शनी, महोत्सव अवधिभर पुस्तक, चित्रकला प्रदर्शनीसमेत राखिनेछ । प्रत्येक नाटक मञ्चनपश्चात मञ्चन भएको नाटकका विषयमा कलाकारहरूका बीच अन्तरक्रियासमेत सञ्चालन गरिने महासचिव विवश पोखरेलले जानकारी गराए । महोत्सवमा आएका विदेशी कलाकारहरूलाई प्रदेश–१ का पर्यटकीय तथा ऐतिहासिक गन्तव्यहरूमा अवलोकन गराइने उनले बताए । यसअघि आरोहणले ३ पटक अन्तर्राष्ट्रिय र १० पटक राष्ट्रिय महोत्सव गरिसकेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top