काठमाडौं : नेपाल–भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन्। आठ हजार ५५४ सीमास्तम्भमध्ये दुई हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ।,यो समाचार आजको राजधानी दैनिकमा छ।
हाल नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरुको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ। कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेका छन् ।
एक हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन्। दुई हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ। ६९६ वटा निर्माण हुन बाँकी छ भनजे ११२ निर्माणाधीन अवस्थामा छन्।