इराक लैजान लागिएका १४७ महिलालाई नेपाल ल्याइँदै

७ फागुन ७५, मंगलबार
Share this
706shares

काठमाडौँ : भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १ सय ७९ जना नेपालीलाई मंगलबार नेपाल ल्याइने भएको छ। माइती नेपालले १ सय ४७ महिला र ३२ पुरुषलाई आइतबार उद्धार गरेको हो।,यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Advertisement

अवैध बाटो प्रयोग गरी इराक लैजान लागिएका नेपाली महिला तथा पुरुष एकै पटक ठूलो संख्यामा फर्काइएको यो नै पहिलो घटना भएको माइती नेपाल काँकडभिट्टाका प्रमुख तथा पूर्वाञ्चल प्रमुख गोविन्द घिमिरेले बताए।

उनले भारत मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाको सक्रियतामा उनीहरूलाई उद्धार गरिएको बताए।

Advertisement

बेचबिखनमा संलग्न १ महिलासहित ९ जना आरोपीलाई पनि नियन्त्रणमा लिइएको प्रमुख घिमिरे बताए। पक्राउ परेकाहरूको नाम खुलाइएको छैन।

मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top