महाशिवरात्रिको तयारी शुरु

काठमाडौँ,फागुन ७

Advertisement

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले आठ उपसमितिको गठन गरी तयारी अघि बढाएको सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

कोषाध्यक्ष डा.मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोकत्वमा चन्दन मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ ।

Advertisement

यसैगरी परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद् सदस्य रमेशराज शिवाकोटीको संयोजकत्वमा साधुसन्त सेवा एवं धार्मिक कार्यक्रम, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरवण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था, परिषद् सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ ।

तयारीका क्रममा रङ्गरोगन, बत्ती व्यवस्था, सुरक्षालगायतको तयारी तीव्ररुपमा अघि बढेको छ । महाशिवरात्रिका लागि साधुसन्त आउने क्रम पनि शुरु भइसकेको कोषले जनाएको छ । यस वर्ष पर्वका अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआज एवं दर्शन गर्ने गरी तयारी गरिएको छ ।

Advertisement

यस वर्ष भारतबाट धार्मिक पर्यटक बढी आउने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भलगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । कुम्भमा स्नान गरी मेला भरेका दर्शनार्थीले एउटा दिव्य शिवलिङ्गको दर्शन गर्नुपर्ने धार्मिक मान्यताका कारण भारतीयको सङ्ख्या बढ्ने छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष दुईपटक पशुपतिनाथ मन्दिरमा दर्शन एवं पूजा गर्नुभएपछि भारतको विभिन्न प्रान्तका भक्तजनको मन्दिरमा भीड लागेको सदस्य सचिव ढकालले बताए ।

गत वर्षको महाशिवरात्रिदेखि पशुपति क्षेत्र विकास कोषले शुरु गरेको सहयोग अपेक्षारहित क्षेत्र बनाउने अभियानलाई यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाइएको छ । पशुपति क्षेत्रमा सोचेभन्दा राम्रो सफलता प्राप्त भएपछि नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रमलगायत सामाजिक संस्थाको सहकार्यमा जिल्लाव्यापी बनाइएको कोषका सदस्य उनले जानकारी दिए ।

यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पर्वको एक महीना अघिदेखि नै भारतलगायत विभिन्न देशका धार्मिक पर्यटक पशुपतिनाथ मन्दिरमा आउने गर्छन् । पर्वका लागि तीनवटै सुरक्षा निकायको संयोजनमा पशुपति क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top