घरमै असुरक्षित महिला : एक वर्षमा १२० को परिवारबाटै हत्या

घरमै असुरक्षित महिला : एक वर्षमा १२० को परिवारबाटै हत्या

काठमाडौं : महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको पाइएको छ । गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ ।

गत वर्ष मानव अधिकार उल्लघंनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका छन् । ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औल्याएको छ ।

मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लघंनसम्बन्धी २ हजार ८ सय २४ र बाल अधिकारसम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख छ ।,यो समाचार आजको अन्नपूर्ण पौस्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.