×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सुनसरीको बर्जुताल पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

२३ पुष २०७४

किशोर विश्वकर्मा
विराटनगर, पुस २३
सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ मा रहेको बर्जु तालको संरक्षणमा स्थानीयवासी जुटेसँगै यतिबेला बर्जुताल पर्यटकीय गन्तव्य बन्न थालेको छ । अहिले दैनिक ठूलो संख्यामा सर्वसाधारण पुग्ने गरेको स्थानीयको भनाइ छ ।

सुनसरीको बर्जु गाउँपालिका–६ मा रहेको बर्जुताल फेवाताल बिर्साउने अर्को जैविक विविधतायुक्त क्षेत्र हो । १ सय ५१ बिघा क्षेत्रफलमा रहेको बर्जुतालमा १ सय बिघाको त जलाशय क्षेत्रनै छ ।

Advertisement
Advertisement

१५ वटा डुंगा सञ्चालनमा छन् । सयौं चराचुरुङ्गी र हजारौं मानिसको आवागमनले यसबेला बर्जुक्षेत्र व्यस्त छ । जाडो सिजन लागेसँगै यहाँ वनभोज जानेको संख्या बढेको छ । यो क्षेत्रमा पर्याप्त भौतिक संरचनाको निर्माण आवश्यक देखिएको छ ।

बर्जुतालको संरक्षणमा खटिएका स्थानीयको मात्रै पहल र प्रयत्नमा यो क्षेत्रको गुणात्मक विकास हुने छाँट देखिँदैन । स्थानीय, प्रदेश र केन्द्र सरकारकै संयुक्त कार्यक्रम बनाएर बर्जुताललाई विकसित पर्यटकीय सिमसार क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको स्थानीय बताउँछन् ।

सरकारी उदासिनताले लामो समयदेखि विकासको ओझेलमा पर्दै आएको बर्जुताल संरक्षणमा स्थानीयवासीले चासो दिएपछि ताल क्षेत्रमा धमाधम विकासका कार्यहरु संचालन हुन थालेकाले तालको मुहार फेरिन थालेको हो । गएको वर्ष ताललाई व्यवस्थित गर्न नेपाली सेनाले काम गरेको थियो । ३ करोड ६३ लाख बजेटमा सेनाले ताल सफाई गर्ने, तालका चारैतर्फ बॉध निर्माण घेराबेरालगायतको काम सम्पन्न गरेको थियो ।

सेनाले मुख्य ताल रहेको क्षेत्रको बीचमा शिव मन्दिरसमेत निर्माण गरिदिएको छ । जसले गर्दा अझ तालको आर्कषण यसले बढाइदिएको छ । त्यसपछि पर्यटकको चहलपहल यस क्षेत्रमा बढेको हो । धार्मिक पौराणिक महत्वको बर्जुताल प्रदेश नम्बर एककै सबैभन्दा ठूलो जलाशय भएको ताल संरक्षण समितिका अध्यक्ष बालिम चौधरीको दाबी भनाइ छ ।

स्थानीयको पहल र प्रयत्नले केही विकास हुन खोजेको बर्जुतालका लागि निजी क्षेत्रको लगानी आवश्यक देखिएको छ । हिन्दु धार्मिकग्रन्थ महाभारतको कहानीसँग यो ताल जोडिएको स्थानीय बताउँछन् ।

Advertisement

तालको अध्ययन र अनुसन्धानका लागि अष्ट्रेलिया, इङ्ल्याण्ड, अमेरिका, चीन र भारतबाट समेत पर्यटक आउने गरेका छन् । तालमा वाह्रै महिना जमिनमुनिबाट पानी उम्रिन्छ । बर्जुतालमा जलचर, थरचर प्राणीको वासस्थान छ । विभिन्न प्रजातिको चरा आउने गरेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top