ब्याजदरबारे पुनर्बिचार गर्न राष्ट्र बैंकलाई बैंकर्सको आग्रह, प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’

काठमाडौं,फागुन ८

Advertisement

नेपाल बैंकर्स संघले ब्याजदरबारे पुनर्विचार गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गर्ने भएको छ । बुधबार बसेको बैंकर्स संघको बैठकले पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नितीको अर्ध बार्षिक समिक्षा मार्फत ल्याएको ब्याजदर सम्बन्धी व्यवस्थाले वित्तिय क्षेत्रमा समस्या आउने निष्कर्षसहित पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।‘मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षाबाट ल्याईएको नीतिले अस्थिरता ल्याउँछ, वित्तिय क्षेत्रमा समस्या ल्याउँछ भनेर पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेका छौं’, नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष ढुंगानाले भने ।

Advertisement

यसैबिच ब्याजदरबारे प्रधानमन्त्री केपी ओलीलाई ब्रिफिङ गर्नुे निर्णय पनि बैंकर्स संघको बैठकले गरेको छ ।‘उद्योगीले प्रधानमन्त्रीलार्ई भेटेर ब्याजदरबारे हस्तक्षेप गराए, अब हामीले पनि प्रधानमन्त्रीलाई भेटेर वास्तविकता अवगत गराउने निष्कर्ष निकालेका छौं’, बैठकमा सहभागी एक प्रमुख कार्यकारी अधिकृतले भने ।

बैंकर्सहरुले प्रधानमन्त्रीले उद्योगीको एक पक्षिय कुरा सुनेर ब्याजदरमा हस्तक्षेप गरेको आरोप पनि लगाएका छन् । ‘नारा जुलुसका भरमा प्रधानमन्त्रीले बुझेनन् । हामीले पनि कुरा राख्ने भन्ने निर्णय भएको छ । व्यापारी र सिइओ बसेर छलफल गर्ने भन्ने योजना छ ।’ ती सिइओले भने । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top