ढाका—काठमाडौं सीधा बस सेवाको पहल गर्दै प्रदेश सरकार

ढाका—काठमाडौं सीधा बस सेवाको पहल गर्दै प्रदेश सरकार

विराटनगर, फागुन ९
प्रदेश १ सरकारले सन् २०२०को पयर्टन वर्षका पर्यटकको आगमन बढाउनका लागि बंगलादेशको ढाका र काठमाडौंको बस सेवालाई पुनः सञ्चालन गर्न पहल गर्ने भएको छ । बिहीबार मोरङ ब्यापार संघको कार्यालयमा आयोजित ‘नेपाल बंगलादेश व्यापार : अवसर र चुनौतीहरु’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले पर्यटन वर्षका लागि देशमा रहेका पयर्टकीय क्षेत्रहरुको प्रवद्र्धन गर्दे बगलादेशसँगको सीधा बस सेवा सुचारु गराउन प्रदेश सरकारले पहल गरिरहेको बताएका हुन् ।

उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि पनि प्रदेश सरकारबाट सिफारिस समेत गराईसकेको जानकारी गराए । कार्यक्रममा ब्यापार घाटा कम गर्न उत्पादनलाई बढाउन मोरङका उद्योगी ब्यापारीहरुले जोड दिएका छन् । उद्योगी ब्यापारीहरुले नेपालमै उत्पादन गर्न सकिने वस्तुको पहिचान र उत्पादन गर्न आवश्यक रहेको बताए ।

मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले प्रदे्श न. १ बंगलादेशसँग व्यापारको बढी सम्भावनाको क्षेत्र भएको बताए । उनले अनावश्यक वस्तु आयात गरेर डम्पीङ्ग साइड नबनाइ कुन कुन वस्तुहरु आवश्यक छ त्यही वस्तुमात्र आयात गर्ने र कुन कुन वस्तुहरु बढी छन् सोहीे वस्तुहरु निर्यात गर्नुपर्ने बताए ।

त्यस्तै उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले विगतका सरकारको अदुरदर्शिता र अपरिपक्वताले निर्यात घटी व्यापार घाटा बढिरहेको परिवेशमा कसरी उत्पादनलाई बढाएर निर्यात गर्न सकिन्छ भनेर अबको सरकारले सोच्ने बेला आएको बताए । व्यापार घाटा घटाउन देशमा उत्पादन बढाउनु पर्ने आवश्यकता रहेको भन्दै उनले उत्पादन बढाउँदा किसानले उत्पादित वस्तुको बजार भाउ पाउने र बाँझो जग्गा हराभरा हुने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ, काठमाण्डौँका उपाध्यक्ष किशोर प्रधानले आयात हुने वस्तुको उत्पादन देशमा गर्न सके निर्यात घटी उद्योगीको संरक्षण हुने बताए । अन्तरक्रिया कार्यक्रममा नेपाल बंगलादेश चेम्बर अफ कर्मश धुलावारीका अध्यक्ष यादव पौडेल, चेम्बर अफ कर्मश धुलावारीका संस्थापक अध्यक्ष पन्नालाल जैन, उद्योग संगठन मोरंगका उपाध्यक्ष राजकुमार गोल्छा, उद्योग संगठन मोरंगका तारानाथ निरौला र मोरंग व्यापार संघका उपाध्यक्ष (उद्योग क्षेत्र) सुनिल टिवडेवालाले ब्यापार प्रर्बद्धनका विषयमा जोड दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.