प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगिताको उपाधि सुनसरीको मकालुलाई

विराटनगर,फागुन ११

भानुकला केन्द्र विराटनगरले आयोजना गरेको एक नम्बर प्रदेशस्तरीय जातीय लोकनृत्य प्रतियोगितामा सुनसरीको मकालु सेकेण्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । वरिष्ठ संस्कृतिकर्मी चतुर्भुज आशावादीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित प्रतियोगितामा इटहरीस्थित मकालु स्कुलले लगातार तीनपटक प्रथम भएर शिल्डसमेत कब्जा गरेको छ ।

यसअघि पनि मकालु दुईपटक प्रथम भइसकेको थियो । त्यस्तै झापाको धुलाबारीस्थित होलीबेल सेकेण्डरी स्कुल द्वितीय भएको छ भने विराटनगरको मोडर्न एरा इङ्लिस स्कुल तृतीय भएको छ । अनुशासनतर्फको उपाधि लर्डबुद्ध बोर्डिङ स्कुलले जितेको छ भने उत्कृष्ट प्रस्तुतिको उपाधि विकेभिएम बोर्डिङले जित्न सफल भयो ।

Advertisement

मौतिकतातर्फ मोरङको खोर्सानेस्थित सिद्धार्थ बोर्डिङ र उत्कृष्ट भेषभुषाको पुरस्कार विराटनगरस्थित विद्या भूमि सेकेण्डरी बोर्डिङ स्कुलले प्राप्त गरेको छ । प्रदेश–१ का डेढ दर्जनभन्दा बढी विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेता विद्यालयहरुलाई राष्ट्रियसभाका सांसद खेम नेपाली, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, आयोजक संस्थाकी अध्यक्ष माया पौडेललगायतले शिल्डसहित प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा भानुकला केन्द्रका कलाकार दीपेन्द्र थापा, कविता लामा श्रेष्ठ, मनोज राजवंशी, संगीता यादवलगायत कलाकारहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद नेपाली, मेयर पराजुली, प्राज्ञ विवश पोखरेल, साहित्यकार देवी पन्थी, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका सहसचिव प्रचण्ड पौडेललगायतले चतुर्भुज आशावादीले लोकसंस्कृतिको जर्गेनामा पु¥याएको योगदानको चर्चा गरेका थिए । भानुकला केन्द्रले विगत १३ वर्षदेखि हरेक वर्ष जातीय लोकनृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top