पत्रकार पाठक पुरस्कृत

पत्रकार पाठक पुरस्कृत

विराटनगर, फागुन १२
पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोष विराटनगरले यस वर्षको पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकर्मी सुशीला पाठकलाई प्रदान गरेको छ । पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोषले पाठकलाई नगद १० हजारसहित माला र खादा लगाएर सम्मानपत्र प्रदान गरेको छ ।

पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पाठकलाई सम्मान गरेको आयोजकले जनाएको छ । एक दशकदेखि मोरङलाई कार्यक्षेत्र बनाएर पाठक पत्रकारीता गर्दै आएकी छन् । यसैगरी साहित्यतर्फ झापा सुरुङ्गाका ज्ञानराज सुवेदीलाई १० हजार नगद सहित पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति साहित्य पुरस्कारबाट सम्मान गरिएको छ ।

दुवैजनालाई प्राज्ञ विवश पोखरेल र कोषका अध्यक्ष माधव अत्रीले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । यसैगरी धर्मसंस्कृतितर्फ ५ हजार नगद राशीसहित राधारमण वेदवेदान्त संस्कृति विद्यालयका संयोजक भवानीशंकर निरौलालाई सम्मान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.