वायुसेवा निगमले माग्यो ५० पाइलट

वायुसेवा निगमले माग्यो ५० पाइलट

काठमाडौँ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ति गर्न ५० पाइलट माग गरेको छ । १३ जना सिनियर क्याप्टेन , १५ जना जुनियर क्याप्टेन, नौ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० जना पाइलट माग गरेको हो ।

निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने १४ थान जहाज छन् । निगमका अनुसार ती १४ जहाज उडाउन सिनियर क्याप्टेन, जुनियर क्याप्टेन , सिनियर को–पाइलट र जुनियर को–पाइलट गरेर एक सय ४३ जना पाइलट आवश्यक हुन्छ ।अहिले निगमसँग ८५ जनामात्रै पाइलट छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.