७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा पार्ने कन्सल्टेन्सीमाथि मन्त्रालयले थाल्यो छानविन, एक्सपर्ट कन्सल्टेन्सीले ढाँट्यो

७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा पार्ने कन्सल्टेन्सीमाथि मन्त्रालयले थाल्यो छानविन, एक्सपर्ट कन्सल्टेन्सीले ढाँट्यो

काठमाडौं : अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविश्य अन्योल पार्ने कन्सल्टेन्सीको विषयमा शिक्षा मन्त्रालयले छानविन शुरु गरेको छ ।शिक्षा मन्त्रालयका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा गठित समितिले मर्सि, एक्सपर्ट, कंगारु, अल्फाबिटा , काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबिसि लगायत तीनदर्जन कन्सल्टेन्सीको छानविन शुरु गर्ने भएको छ ।, याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयमा समेत दर्ता नभएका केही कन्सल्टेन्सीले विद्यार्थी सिड्नीस्थित अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेजमा विद्यार्थी पठाएपछि अवैध रुपमा संचालन भएका कन्सल्टेन्सीको विषयमा समेत छानविन शुरु गर्ने भएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले घटनामा मुछिएका र अन्य कन्सल्टेन्सीको विषयमा समेत अनुसन्धान हुने जानकारी दिँदै भन्नुभयो– ‘हामीले एआइविटीमा विद्यार्थी पठाउने सबै कन्सल्टेन्सीको कागजात मागेर छानबिन गर्नेछौ, यदि दोषी देखिएमा कारबाही गर्नेछौ ।’

ठगीको आरोप लागेका अधिकांश कन्सल्टेन्सीले अष्ट्रेलियामा शाखा कार्यालय खोलेका छन् । उनीहरुले विदेशमा कुन माध्यमबाट लगानी गरी शाखा कार्यालय संचालन गरेका छन् भन्ने विषयमा समेत छानबिन गर्ने भएको छ ।

एक जना पनि विद्यार्थी नपाठाएको दाबी गदै विज्ञप्ति जारी गरेको एक्सपोर्ट कन्सल्टेन्सीले आफुले केही विद्यार्थी पठाएको जनाएको छ । आफुलाई स्वतन्त्र व्यक्ती भन्ने एक्सपर्टले विद्यार्थी पठाएको जानकारी गराउने चिरञ्जिवी तिवारीले आफुले वास्तविक पिडित चाडैनै तथ्याङक सार्वजनिक गर्ने बताउनुभएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.