काठमाडौं, फागुन १२
आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) ले आफ्नो माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । कर्मचारी समायोजन विधेकविरुद्ध आन्दोलनमा रहेको संघले माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको हो ।
७२ घण्टा भित्रमा माग सम्बोधन नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने संघले चेतावनी दिएको छ । सराकारले सहमति कार्यन्वयन नगरेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको संघले माग पूरा नभए देशभरका चिकित्सकहरुले सामुहिक राजीनामा दिने चेतावनी दिँदै आएको छ ।
सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच वार्ता भएपनि सहमति हुन सकेको छैन । चिकित्सकहरुको आन्दोलनका कारण बिरामी भने मारामा परेका छन् । डाक्टरहरु आन्दोलनमा उत्रिएपछि बिरामीले उपचार सेवा पाएका छैनन् ।