×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

भ्रष्टाचारमा कसैले उन्मुक्ति पाउँदैन, राजनारायण पाठकमाथि कारवाही हुन्छः अख्तियार प्रमुख

१२ फाल्गुन २०७५

काठमाडौं, फागुन १२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि कारवाही गरिने बताएका छन् ।

आइतबार राष्ट्रियसभा अन्तर्गतको दीगोविकास तथा सुशासन समितिको बैठकमा जवाफ दिँदै प्रमुख आयुक्त घिमिरेले पाठकमाथि छानविन भइरहेको र केही दिनभित्रै अनुसन्धानको निष्कर्ष बाहिर आउने दाबी गरे ।

Advertisement
Advertisement

भ्रष्टाचारमा कसैले पनि उन्मुक्ति नपाउने भन्दै आयुक्त घिमिरेले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणमा बयान लिने काम भइरहेको जानकारी गराए । भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा ७८ लाख रुपैयाँ घूस लिएका पाठकले केही दिनअघि राजीनामा दिएका थिए । उनलाई महाअभियोग लगाएर कारवाही गर्न संसदमा माग भइरहेको छ ।

Advertisement
Advertisement

आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएका हुन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top