सरकारको पक्षमा देखिए खनाल, भन्छन-“कामबाट असन्तुष्ट हुने कारण छैन”

विराटनगर, फागुन १२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले सरकारको कामकारबाहीप्रति असन्तुष्ट हुनुपर्ने कुनै पनि कारण नभएको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार साँझ सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अब तीव्र गतिमा काम गर्ने कुरामा ढुक्क हुन आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना कामकारवाहीलाई प्रभावकारी ढंगले संचालन गर्नुु पर्नेमा जोड दिए । उनले मुलुककले संघीयताको पहिलो अनुभव गरिरहेकाले यो अवधिमा कानूनहरु बनाउनु पर्ने भएकाले सरकारको काम कारवाहीमा केही ढिलाई भएको बताए ।

सरकारले यो अवधिमा गरेका कामका आधारमा असन्तुष्टि जनाउनु पर्ने कुनै कारण छैन उनले भने हामी संघीयतालाई पहिलो पटकअनुभव गरिरहेका छौ यो बीचमा धेरै कानुनहरु बनाउनु पर्ने भएकाले पनि केही ढिलाई भए जस्तो देखिएको हो ।बरिष्ठ नेता खनालले पार्टी एकीकरण अविलम्व हुने भन्दै सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नु पर्ने अवस्था सिर्जना भएको धारणा राखे ।

Advertisement

उनले भने पछिल्लो समय सामाजिक सञ्जालमा अराजकता देखिएको छ यसलाई नियमन गर्न जरुरी छ । वर्तमान मन्त्रीमण्डल पुर्नगठन हुने कुनै एजेण्डा नभएको बताउँदै नेता खनालले पदमा रहेका पदाधिकारीहरुलाई पार्टीको जिम्मेवारी दिने सम्बन्धमा भने छलफल चलिरहेको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top