करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन

२३ पुस ७४, सोमबार

काठमाडौँ, पुस २४
काठमाडौँको चाबहिलस्थित चारुमती बुद्ध विहारमा सरसफाइ गरी करिब दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । भैरवनाथ गणका प्रमुख सेनानी हरिप्रसाद घिमिरेको नेतृत्वमा आएको सैनिक टोलीले ‘नवौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन’ को तयारीका लागि विहार परिसरका साथै त्यस आसपास क्षेत्रमा सफाइ गरेका हो । सेनालाई विहारका भिक्षु, स्थानीयवासीलगायतले आवश्यक सहयोग जुटाएका थिए ।

नेपाल राष्ट्रिय ज्ञानमाला समिति र चारुमती बुद्धिष्ट मिसनको संयुक्त आयोजनामा भएको सो सफाइ अभियानपछि विहारमा रङरोगन गरी सिंगारिएको छ । उक्त स्थानमा सर्वसाधारणलाई अब फोहर नगर्न विहारले आग्रह गर्दै स्थानीय बौद्ध संघ संस्थाका प्रतिनिधिको सहभागितामा बुद्धपूजा पनि सम्पन्न भएको छ ।

विहारका प्रमुख भिक्षु तपस्सी धम्मका अनुसार करिब दुई हजार ३०० वर्ष अगाडि सम्राट अशोकको छोरीले निर्माण गरेको चारुमती चैत्यको केही वर्ष अगाडि सामान्य मर्मत तथा जीर्णाेद्धार गरिएको थियो ।

ऐतिहासिक सम्पदास्थलका रुपमा रहेको उक्त विहार क्षेत्रमा गर्न लागिएको सम्मेलनले बौद्ध साहित्यको प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास लिएको भिक्षु धम्मले व्यक्त गर्नुभयो । यही पुस २७ देखि २९ गतेसम्म उक्त स्थानमा सम्मेलन हुँदैछ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top