काठमाडौँलाई झुन्डिएको तारमुक्त बनाईने,विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाईयो

काठमाडौँलाई झुन्डिएको तारमुक्त बनाईने,विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाईयो

काठमाडौँ :नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई पोलमा झुन्डिएका विद्युत्का तारबाट मुक्त बनाउने भएको छ ।

प्राधिकरणले यसका लागि विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको क्षेत्रमा पर्ने झन्डै ६ सय किलोमिटर ११ केभी र ४ सय भोल्टेज वितरण लाइनलाई भूमिगत गरिनेछ ।

यो काम गर्न प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कम्पनी छनोटसमेत गरिसकेको छ । तर, सम्झौता भने हुन बाँकी छ । छनोटमा परेको भारतीय कम्पनी केइआई इन्डिस्ट्रिज इन्डियालाई २८ दिने सूचना दिएर सम्झौता गर्न आउन पत्राचार गरिएको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.