काठमाडौं, फागुन १३
आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले चौथो जित हात पारेको छ । सोमबार भएको खेलमा चीनलाई ५ रनले पराजित गर्दै नेपालले चौथो जित पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनायो ।
जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । छनोटमा नेपालसहित ७ राष्ट्रको सहभागिता छ । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङले खेलिरहेका छन् । छनोटको विजेता आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।