गहुँको बीउमा ६८ लाख खर्च

२३ पुस ७४, सोमबार

कलैया, पुस २४
जिल्ला कृषि विकास कार्यालय बाराले कृषि राहतका लागि आएको रु छ करोड ३७ लाखमध्ये गहुँको बीउ राहत वितरणका लागि रु ६८ लाख खर्च भएको छ ।

कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार गत साउनको अन्तिम सातामा आएको बाढीले धान, मकै, उखु, माछा, तरकारी बालीलाई क्षति पुर्याएकाले कृषकलाई सो क्षतिपूर्ति दिन सरकारले कृषि विकास कार्यालयमार्फत बजेट उपलब्ध गराएको हो ।

गहुँको बीउ वितरण गर्न रु एक करोड सात लाख मध्ये रु ६८ लाखको ९९ मेट्रिक टन गहुँको बीउ खरिद गरी करिब पाँच हजार कृषकलाई प्रतिकट्ठा एक किलो ५०० ग्रामका दरले वितरण गरिएको साहले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top