संसदको शून्य समय, कसले कुन विषय उठाए ?

काठमाडौं, फागुन १४
सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न सार्वजनिक समस्याका विषय तथा हालसालै भएका दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको संसद बैठकमा सांसदहरुले नौबिसे नागढुङ्गा राजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको धार्के सीतापाइला सडक स्तरोन्नति गर्ने तथा ललितपुरको नख्खुमा बम विस्फोट गराउनेलाई कारवाही गर्न माग गरेका छन् ।

सांसद यशोदा गुरुङले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम भएको बम विस्फोटमा संलग्नलाई तत्काल कारवाही गरी बम विस्फोटमा ज्यान गुमाएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घाइते भएका दुई जनाको उपचारमा सहुलियत उपलब्ध गराउन माग गरिन् ।

Advertisement

यस्तै सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे ।

सांसद यज्ञबहादुर बोगटीले आवश्यक बजेटको व्यवस्था गर्ने जिम्मेवारी पाएको भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कामलाई अघि बढाउन नसकेको भन्दै स्वदेशी लगानीमै काम सम्पन्न गर्न आग्रह गरे ।

Advertisement

सांसद मायादेवी न्यौपानेले केन्द्रिय कारगारमा रहेका कैदी बन्दीहरुले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेकोे उल्लेख गर्दै त्यसलाई विक्रीवितरण गर्ने व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराइन् ।

सांसदहरुले कृषिमा दिने अनुदान वृद्धि गर्न, कर्णाली प्रदेशको सडक पूर्वाधारमा पहिलो प्राथमिकता दिन, शान्ति सुरक्षाको उचित प्रबन्ध गर्न पनि माग गरेका छन् । मंगलबारको शुन्य समयमा १० जना सांसदहरुले आ–आफ्नो विचार राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top