पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनाको अनुसन्धान हुदै : क्षतिको विवरण आउन बाकी

१५ फागुन ७५, बुधबार
Share this
751shares

एजेन्सी, फाल्गुन १४
ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को दारेभिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको बताइएको छ ।

Advertisement

हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, विरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल, अर्जुन घिमिरे रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो ।

दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो ।

Advertisement

थप अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलतर्फ लागेको गएको छ । ‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङका प्रहरी प्रमुख थापाले उज्यालोलाई जानकारी दिनु भएको छ ।

घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेकाे छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top