काठमाण्डौ, फागुन १६
सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनको शोकमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
मन्त्री अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बिहीबार राष्ट्रियशोक मनाउने निर्णय गरेको हो ।
आज देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ ।दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्री अधिकारी चढेको हेलिकप्टर पूर्वी नेपालको ताप्लेजुङमा बुधबार दिउँसो दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै सात जनाको मृत्यु भएको थियो ।