×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

चर्चित तर नभेटिने व्यवसायी थिए आङछिरिङ शेर्पा, यस्तो छ उनको व्यवसायिक यात्रा

१६ फाल्गुन २०७५

काठमाडौं : बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । सोहि दुर्घटनामा परी पर्यटन क्षेत्रका एक चर्चित व्यवसायी आङछिरिङ शेर्पाको समेत निधन भयो ।

सोलुखुम्बुमा जन्मे हुर्केका शेर्पा युवा अवस्थामा नै श्रमिकको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए । पछि उनी ट्रेकिङ र हवाई सेवाको क्षेत्रमा पायोनियरको रुपमा स्थापित थिए । साथै, पछिल्लो समय उनी ट्राभल, होटल तथा रेष्टुरेन्ट क्षेत्रकाे विजनेशमा पनि जमेका थिए ।

Advertisement
Advertisement

शेर्पा यति एयरलाइन्स, तारा एयरलाईन्सका प्रबन्ध निर्देशक हुन् । यति एयर नेपालको आन्तरिक उडान भर्ने दोस्रो ठूलो हवाई सेवा प्रदायक कम्पनी हो भने तारा एयर माउण्टेन फ्लाइट गर्ने लिडर कम्पनी हो । शेर्पा माउन्टेन टुरिजमको पायोनियर नै भएको पर्यटन व्यवसायी केशव पाण्डे बताउँछन् ।

त्यस्तै, उनी अन्तराष्ट्रिय उडान भर्दै आएको हिमालयन एयरलाईन्सका अध्यक्ष हुन् । उनले पछिल्लो समय डाइटेस्टिक हेलिकप्टर कम्पनी किनेको थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक व्यापारमा पनि उनले राम्रो होल्ड गरेका थिए । नेपालको हवाई सेवाको बजारमा उनका कम्पनीहरुले करिब २५ प्रतिशत हिस्सा लिएको अनुमान गरिएको छ ।

थामशेर्खु ट्रेकिङ कम्पनीबाट उनी विजनेशमा माथि आएका थिए, जहाँ अहिले पनि करिव ७०० कर्मचारी छन् । आङछिरिकी भाउजू पासाङ ल्हामु शेर्पाको २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएपछि थामशेर्खु ट्रेकिङ कम्पनीले सफलता चुमेको थियो । सोही कम्पनीबाट भएको आर्जनबाट शेर्पाले यति एयरलाईन्स खोलेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

निजीकरणको क्रममा गोकर्ण फरेष्ट रिसोर्टको व्यवस्थापन उनैले लिएका हुन् । चितवनको चर्चित रिसोर्ट ‘कसरा’ उनकै हो । सगरमाथा बेसक्याम्पमा पनि उनका होटलहरु छन् । यति माउन्टेन्ट लज लगायत हिमाली क्षेत्रका पर्यटकीय स्थलहरुमा र पोखरामा पनि उनका स–साना होटलहरु थुप्रै भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

काठमाडौंको लैनचौरमा सात तारेस्तरकाे ‘बुटिक होटल’ सञ्चालन गर्ने उनको तयारी थियो । जसका लागि ठूलो भवन बनिरहेको छ ।

शक्ति केन्द्रकाे नजिक

सार्वजनिक मञ्चहरुमा नदेखिने, आफ्नै कम्पनीले आयोजना गरेका पत्रकार सम्मेलनहरुमा पनि नदेखिने शेर्पा पछिल्लो दशक सत्ता शक्तिसँग नजिक देखिन्थे । पर्यटन मन्त्री चढेको हेलिकप्टरमा उनको यात्राले पनि सत्तामा उनको पहुँच र प्रभाव सजिलै अनुमान गर्न सकिन्छ ।

कुनै बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, क्याप्टेन रामेश्वर थापा र आङछिरीङ शेर्पा ‘इन्डोर गेम्स’का खेलाडी भएको र उनीहरु बीचको दोस्ती निकै राम्रो भएको बताइन्छ ।

पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्तीदेखि यस क्षेत्रको राजनीति नियुक्तमा आङछिरिङ शेर्पाको नाम जोडर चर्चा परिचर्चा हुने गरेको थियो । तत्कालिन पर्यटन मन्त्री कृपाशुर शेर्पाको नियुक्ती आङछिरिङ कै इच्छामा भएको बताइको थियो । त्यतिबेला नै धुम्बराईस्थित नेपाल कम्यूनिष्ट पार्टीले प्रयोग गर्दै आएको भवन समेत शेर्पाले उपलब्ध गराएका हुन् ।

हिमालयन एयरलाइन्समा केपी शर्मा ओलीको अनाैपचारिक रूपमा ८८ करोड रुपैयाँ लगानी रहेकाे बताइन्छ । तर, नेपाल उद्योग परिसंघले यहि फागुन दुई गते आयोजना गरेको उद्यमशीलता सम्मेलनमा ओलीले अहिलेसम्म कुनै पनि कम्पनीमा एक कित्ता पनि सेयर नभएको बताएका थिए ।

Advertisement

लाक्पा सोनाम, आङछिरिङ र टेण्डी शेर्पा तीन दाजुभाइ हुन् । टेण्डीको पनि २०५५ सालमा सोलुखुम्बुमा एमआइ १७ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । आङछिरिङको श्रीमती, दुई छोरा पासाङ र नुर्वु छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top