विराटनगर : ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
विराटनगर– ८ बलुवाईकी बालिका रुपमती दासको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय भट्टु भनिने अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई जिल्ला अदालत मोरङले थुनामा राख्ने आदेश दिएको हो ।
गत माघ १३ गते सिंघिया खोला किनारमा विभत्स अवस्थामा बालिकाको शव भेटिएको थियो । शव भेटिएको अनुसन्धान सुरु गरेको प्रहरीले एक सातापछि छिमेकी अब्बास र चन्दुलाई पक्राउ गरेको थियो । अब्बास चन्दु दुवै लागुऔषध प्रयोगकर्ता हुन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।