×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

क्रिस्टियानो रोनाल्डो भए घाइते : कति दिन नखेल्ने ?

१८ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन १८
रोनाल्डोले यसै साता हुने लिग खेल गुमाउने सम्भावना बढेको छ । युभेन्टसले आइतबार राति नापोलीसँग अवे मैदानमा खेल्दैछ । इटालियन कलब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डो घाइते भएका छन् । गत आइतबार सिरी ‘ए’ अन्तर्गत बोलोग्नासँगको खेल दौरान उनी घाइते भएको क्लब युभेन्टसले अफिसियल रूपमा विज्ञप्ति निकालेर पुष्टि गरेको छ ।

क्लबको विज्ञप्तिअनुसार रोनाल्डोको देब्रे खुट्टाको जोर्नीमा समस्या देखिएको छ । र, उनको आवश्यक उपचार गर्नुपर्ने भएको छ । अवे मैदानमा भएको बोलोग्नविरुद्धको सो खेल युभेन्टसले ०–१ ले जितेको थियो । सो खेलमा पाउलो डिबालाले बेन्चबाट गएर विजयी गोल गरेका थिए ।

Advertisement
Advertisement

तर, रोनाल्डो च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेल खेल्न फिट हुनेछन् । क्लबले आफ्नो घरमा हुने स्पेनिस एथ्लेटिको मड्रिडविरुद्धको दोस्रो लेगको निर्णायक खेलका लागि रोनाल्डोलाई फिट राख्न त्यसबेलासम्म केही खेलमा आराम दिने तयारी गरेको छ । सो खेल आगामी मार्च १२ मा हुँदैछ ।

Advertisement

यसअघि एथ्लेटिकोको घरमा भएको पहलिो लेगको खेल एथ्लेटिकोले २–० ले जितेको छ । दोस्रो लेगमा युभेन्टसमाथि शानदार कमब्याक गर्नुपर्ने चुनौती छ । यसै सिजनको सुरुमा रियल मड्रिडबाट युभेन्टस पुगेका रोनाल्डोले सबैखाले प्रतियोगिता गरेर कूल २१ गोल गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top