×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज फेरी हुदैछ एल:क्लासिको भिडन्त : मड्रिडले लिन्छ त हारको बदला

१८ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन १८
स्पेनिस ला लिगा फुटबलमा आज सिजनको दोस्रो इएल क्लासिको भिडन्त हुँदैछ । यो सिजन सबैखाले प्रतियोगिता गरेर तीन इएल क्लासिको भइसकेका छन् । आज हुन लागेको भिडन्त घरेलु लिगमा दोस्रो तथा यो सिजन समग्रमा तेस्रो हो । स्पेनका दुई ठूला र चीर प्रतिद्वन्द्वी क्लब बार्सिलोना र रियल मड्रिड खेल्ने यो खेल विश्वकै सर्वाधिक चर्चित र धेरै हेरिने क्लब फुटबल प्रतियोगितामा पर्छ ।

बार्सिलोना र रियलबीच ला लिगाअन्तर्गत पहिलो खेल गत अक्टोबर २८ मा भएको थियो । बार्सिलोनाको घरेलु मैदानमा भएको सो खेलमा बार्सिलोनाले पाहुन टोली रियललाई ५–१ को नमिठो हार चखाएको थियो ।

Advertisement
Advertisement

त्यसपछि लिगमा आज दोस्रोपटक यी दुई टोली भिड्न लागेका हुन् । यो खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुँदैछ । यसबाहेक यो सिजन कोपा डेल रे फुटबलमा अन्तिम चारमा पनि रियल र बार्सिलोना खेलिसकेका छन् । सेमिफाइनलमा रियल र बार्सिलोना भिड्दा दुईमध्ये एक लेग बार्सिलोनाले जित्यो भने एक लेग बराबरीमा सकियो ।

जहाँ बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकियो भने रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले ०–३ ले बाजी मारेको थियो । यसरी हेर्दा यो सिजन भएका तीन भिडन्तमा बार्सिलोना रियलमाथि ज्यादै हाबी भएको छ । बार्सिलोनाले दुई खेलमा शानदार जित निकाल्दा रियलले लज्जास्पद हार व्यहोरेको छ । रियललाई एकैपटक बदला लिने मौका !

ला लिगाको दोेस्रो इएल क्लासिको आज राति रियलको घरेलु मैदानमा हुँदैछ । आज रियललाई बार्सिलोनासँग यसअघि आफ्नै घरमा भोगेका दुई लज्जास्पद हारको बदला लिने मौका छ । ३ दिनअघि कोपाको दोस्रो लेगमा रियलकै घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, एक पेनाल्टी गोल र एक आत्मघाती गोलसहित बार्सिलोनाले नतिजा ०–३ ले आफ्नो पक्षमा पार्दा रियल स्तब्ध बन्यो ।

तर, पछिल्लो समय प्रदर्शनका हिसाबले राम्रो अवस्थमा रहेको रियल आज घरेलु मैदानमा पाहुना टोली बार्सिलोनाविरुद्ध उत्रिँदा ऊ बार्सिलोनालाई निराश बनाएर यो सिजन भोगेकासबै हारको बदला एकैपटक लिने दाउमा छ ।

हाल अंक तालिकामा बार्सिलोना २५ खेलपछि ५७ अंकका साथ शीर्ष स्थानमा रहको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ र तेसो स्थानको रियल मड्रिडभन्दा ९ अंकले अघि रहेको छ । आजको खेल जिते बार्सिलोनाले रियलसँग अंक दूरी १२ बनाउने छ भने रियल विजयी भए अंक दूरी ६ मा झर्नेछ । खेल नेपाली समयअनुसार आज राति (आइतबार बिहानीपख) १ः३० बजेबाट रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुनेछ । यो खेल ला लिगाको अफिसियस फेसबुक पेज तथा सोनी नेटवर्कका च्यानलबाट लाइभ हेर्न सकिनेछ ।

 

Advertisement

स्रोत : फुटबल खबर

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top