NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

यस्तो थियो अदालतको १४ प्रश्न र गोविन्द केसीको उत्तर

बुधबार पुस २६ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
पक्राउ पर्दा पर्दै डा. केसीले भने – जेलमै अनशन बस्छु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजकोनयाँ पत्रिकामा यो खबर प्रकाशित छ । अदालतको अवहेलना गरेको अभियोगमा सोमबार राति पक्राउ गरेर मंगलबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराइएका डा. गोविन्द केसीले न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेसमक्ष दिएको बयान:

प्रश्न १ : हजुरको बाजेबुबाको नाम, थर र हजुरको नाम, थर, वतन र पेसा के हो ?

डा. केसी : मेरो हजुरबुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा. गोविन्द केसी हो । पेसाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ ।

Advertisement

प्रश्न २ : हजुरको स्वास्थ्य स्थिति के कस्तो छ ? कुनै शारीरिक र मानसिक रोग छ या छैन ? आज इजलाससमक्ष बयान दिन सक्नुहुन्छ या हुन्न ?

डा. केसी : म हिजोदेखि अनशनमा रहेको हुँदा मुटुको धड्कन बढेको महसुस भएको छ । छाती दुखेको छ । अरू कुनै शारीरिक र मानसिक रोग छैन । बयान दिन सक्छु ।

प्रश्न ३ : तपाईं आज सर्वोच्च अदालतमा किन उपस्थित हुनुभएको हो ?

डा. केसी :  मलाई पक्राउ गरेर उपस्थित गराइएको छ । कुन कानुनअन्तर्गत के अपराधमा पक्राउ गरेर ल्याइएको हो, मलाई थाहा दिइएको छैन र पनि तपाईंले सोधेको प्रश्नको जवाफ दिन तयार छु ।

प्रश्न ४ :  हजुरले आफ्नो कुनै कानुन व्यवसायी यस मुद्दामा राख्नुभएको छ या छैन ?

डा. केसी : छ ।

प्रश्न ५ : यस प्रतिवेदनमा पेस भएका समाचार सामग्री तथा प्रेस विज्ञप्ति देखाई सोधिन्छ– सो व्यहोरा तपाईंको हो–होइन ? तपाईंले भन्नुभएको कुरा अशिष्ट, अमर्यादित र अदालतको अवहेलनाजनक हो भन्ने तपाईंलाई लाग्छ या लाग्दैन ?

डा. केसी : अनलाइन र सेतोपाटीलगायत खबर पत्रिकाका बारेमा म भन्न सक्दिनँ । प्रेस विज्ञप्ति ०७४ पुस २४ मा मैले नै प्रेषित गरेको हो । यो विज्ञप्ति अदालतको अवहेलना हुने गरी अशिष्ट र अमर्यादित तवरले प्रकाशित गरेको होइन, अदालतप्रति सम्मान छ । अदालतको अवहेलना गरे जस्तो मलाई लाग्दैन ।

प्रश्न ६ : तपाईंले के–कति आधार र कारणबाट त्यस्तो अभिव्यक्ति दिनुभएको हो ?

डा. केसी : सम्माननीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गर्नुभएको निर्णय र कार्यहरूले न्यायको मानमर्दन भएकाले मैले प्रेस विज्ञप्ति प्रकाशित गरेको हुँ ।

प्रश्न ७ : तपाईंले ६ नम्बरको जवाफमा सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको कतिपय निर्णय र कार्य न्यायालयको मानमर्दन भएको भन्नुभयो, यसमा पुष्टि गर्ने आधार वा प्रमाण केही छ ?

डा. केसी : प्रेस विज्ञप्तिमा उल्लेख भएका मुद्दा नै मेरा आधार र कारण प्रस्ट्याउन पर्याप्त छन् । सोका अलावा पाना २ को ०७४ पुस २५ को दस्ताबेजको विवरण पेस गरेको छु, त्यसले वास्तविकता प्रस्ट्याउनेछ । अनलाइनबाट प्राप्त दुईप्रति नागरिकतासमेतको प्रतिलिपि पेस गरेको छु । सोलाई आधार मानी पाऊँ । सो नागरिकता सम्माननीय प्रधानन्यायाधीशको हो ।

प्रश्न ८ : अदालतले संविधान, कानुन र न्यायका मान्य सिद्धान्तअनुसार न्याय सम्पादन गर्छ भन्ने तपाईंलाई थाहा छ या छैन ? अदालतको आदेश फैसलाप्रति घृणा सिर्जना गर्ने अभिव्यक्तिले अदालतको अवहेलना हुने र सजायसमेत हुन्छ भन्ने तपार्इंलाई थाहा छ कि छैन ?

डा. केसी : अदालतको अवहेलनामा सजाय हुन्छ भन्ने विषयमा मलाई थाहा छ । सही न्याय सम्पादन गर्ने न्यायाधीशहरूलाई म सम्मान गर्छु । अदालतको घृणा हुने अभिव्यक्ति मैले दिएको छैन ।

प्रश्न ९ : तपार्इंले आफ्नो प्रेस विज्ञप्तिमा भ्रष्ट र माफिया प्रधानन्यायाधीश भनी उल्लेख गर्नुभएको छ, यो अदालतप्रति घृणा सिर्जना गर्ने र अदालतको अवहेलना हुने खालको होइन र ? हजुरको यस्तो शब्दले अदालतको सम्मान हुन्छ ?

डा. केसी : यसको जवाफका लागि आधार र कारणसहितको कागजात सवाल प्रेस विज्ञप्तिमार्फत पेस गरिसकेको छु । त्यसैलाई आधार मानी पाऊँ । गलत निर्णय र कार्य गर्ने न्यायाधीशबारे बोल्दा अदालतको अवहेलना होइन, सम्मान मिल्छ ।

प्रश्न १० : अदालतको आदेश र फैसलाप्रति चित्त नबुझे मर्यादित ढंगले असहमति व्यक्त गर्न सकिने अवस्थामा अदालतप्रति जनमानसमा भ्रम पर्ने गरी तपाईंले अशिष्ट र लाञ्छनायुक्त अभिव्यक्ति प्रकट गर्नुको कारण के हो ?

डा. केसी : म अदालतप्रति सम्मान व्यक्त गर्छु । मैले पेस गरेको प्रकरण ७ अर्थात् जवाफमा पेस गरेको कागजात नै पर्याप्त छ । मैले भावनाले बगेर बोलेको होइन । मेरो प्रयासले अदालत र जनमानसमा राम्रो प्रभाव परोस् भनी भनेको हुँ । अशिष्ट र लाञ्छनायुक्त छैन ।

प्रश्न ११ : तपार्इं नागरिक समाजको अगुवा भन्नुहुन्छ, अदालतको आदेश वा फैसलाउपर चित्त नबुझे सोउपर पुनरावेदन वा पुनरावलोकन गराउनेतर्फ तपाईंले के गर्नुभयो ? तपाईंले सम्बन्धित निकायमा अनुरोध गर्नुभयो ?

डा. केसी : म नागरिक समाजको अगुवा भनेर मैले कहिल्यै पनि भनेको छैन । म सामान्य सचेत नागरिक हुँ । म मुद्दाको पक्ष–विपक्ष नभएकाले पुनरावेदन र पुनरावलोकनलगायत कानुनी प्रक्रियामा जाने कुरा भएन । सचेत नागरिक भएकाले स्वस्थ आलोचना मात्र गरी अदालतलगायत समाजलाई पनि घचघच्याएको हुँ ।

प्रश्न १२ : के तपाईंको चाहना अदालतको मुद्दामा तपाईंले नै भनेबमोजिम फैसला हुनुपर्छ भन्ने हो ? होइन भने सर्वोच्च अदालतको आदेश फैसलाप्रति किन असहिष्णु हुनुभएको हो ?

डा. केसी : न्याय सम्पादन राम्रो हुनुपर्छ । न्याय सबैले पाउनुपर्छ । मेरो पक्षमा मात्रै फैसला हुनुपर्छ भनी मैले भन्न खोजेको होइन । न्यायमा विकृति भित्रिएको देखेर शुद्धीकरणका लागि बोलेको हुँ । सही फैसला आएको भए आलोचना गर्नुपर्ने थिएन । फैसलाको आलोचना गर्नु अदालतको अवहेलना होइन ।

प्रश्न १३ : मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको न्यायपालिकाविरुद्ध अमुक मुद्दामा भएको आदेशका कारण अनर्गल अभिव्यक्ति दिनुहँुदैन भन्ने दायित्वबोध तपााईंलाई छ या छैन ?

डा. केसी : मुलुकमा लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो प्रयास हो । मैले दिएको अभिव्यक्ति अनर्गल होइन । तीन करोड नेपालीलाई प्रत्यक्ष असर पर्ने गरी संविधान प्रदत्त स्वस्थ रहेर जिउन पाउने नैसर्गिक अधिकारमा हनन हुने फैसला भएकाले मैले सबैलाई सचेत गराउन खोजेको मात्र हुँ । मैले न्यायपालिकाविरुद्ध बोलेको होइन, लोकतन्त्र र विधिको शासन स्थापित गराउनु नै मेरो यो अभिव्यक्तिको आशय हो र सचेत नागरिकको दायित्व पनि हो ।

प्रश्न १४ : यस सवालमा पहिला प्रश्न गरेदेखि अन्तिमसम्म सुनाइन्छ कि यस विषयमा तपाईंको अरू केही भन्नु छ कि ?

डा. केसी : मेडिकल कलेजसम्बन्धी सुधारका लागि मैले विगत डेढ दशकदेखि गर्दै आएको प्रयास हो । स्वास्थ्य र चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलन जारी राखेको छु । स्वास्थ्य र चिकित्सामा भएको सम्मानित सर्वोच्च अदालतको आदेशले माफियाले प्रश्रय पाउने र सुधारको साटो विकृति आउने देखी मैले प्रेस विज्ञप्तिसमेत निकालेर अनशन बस्नुपरेको हो । यो बयानका क्रममा समेत अनशनमा छु । मलाई सुधारको प्रयास गर्दागर्दै यसरी एक्कासि प्रहरीको सहयोग लिई अदालतसमक्ष बयानका लागि ल्याइएको छ ।

यस अदालतबाट भएको आदेशमा निजी मेडिकल कलेजले प्रश्रय पाउने, गुणस्तरहीन स्वास्थ्यकर्मी उत्पादन हुने र स्वास्थ्य क्षेत्रमा विकृति विसंगति आई तीन करोड नेपालीको स्वास्थ्य र जिउधनप्रति खेलबाड भइरहेकाले त्यस्तो आदेश गर्ने न्यायाधीशविरुद्ध लड्नु मेरो कर्तव्य हो । मेरो भनाइ गलत निर्णय दिने न्यायाधीशविरुद्ध हो । न्यायाधीशले न्याय सम्पादन गर्दा जनतालाई न्यायको अनुभूति दिन सक्ने, न्याय सम्पादन र न्याय प्रशासनको नेतृत्व निष्पक्ष ढंगले सञ्चालन गर्नुपर्ने, आदर्शवादी अनुकरणीय व्यक्ति हुनुपर्नेमा नागरिकतासम्बन्धी विवाद, उमेरसम्बन्धी विवाद, शैक्षिकसम्बन्धी विवाद, चूडामणि शर्मासम्बन्धी राजस्व छली, आयल निगम, एनसेल, भूमाफिया र नातावादसम्बन्धीलगायत क्रियाकलापले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएका कारण उनीबाट अदालतको अपहेलना भएकाले निजमाथि अदालतको अवहेलनामा कारबाही हुनुपर्ने हो । ममाथि लगाएको आरोप झुटा हो । मैले अदालतको अवहेलना गरेको छैन । सम्माननीय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गरे न्यायालयको गरिमा वृद्धि हुन्छ । अदालत जनताको आस्थाको केन्द्र बन्छ ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.