विराटनगर, फागुन २१
मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीसिनुवारी जेसिजले सोमबार निशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा टंकीसिनुवारी स्थित जेसिज भवनमा आयोजना गरिएको शिविरमा १ सय ५१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
विपन्न परिवारका सदस्यहरुलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्वेश्यले आयोजित आँखा जाँच शिविरमा परीक्षण गराएका मध्ये १७ जना मोतिया विन्दुका विरामी फेला परेका छन् ।
शिविरमा फेला परेका मोतिया विन्दुका विरामीहरुको उत्कृष्ट प्राविधिक चिकित्सकहरुबाट शल्यक्रिया गरिने अस्पताल प्रवन्धक कुमार पृथुले जानकारी दिए ।
शिविरमा आँखाका साथै कानको समेत परीक्षण गरिएको टंकिसिनुवारी जेसिजका अध्यक्ष ईश्वर भण्डारीले जानकारी दिए । यस्ता शिविरहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइने कार्यकारीणी उपाध्यक्ष प्रमोद न्यौपानेले बताए । शिविर सञ्चालनमा महत्वपूर्ण योगदान गरेका आयुष अधिकारीलाई यस महिनाको जेसि प्रतिभा घोषणा गरिएको छ ।