स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी गायब भएपछि…

लन्डन : स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् ।,यो समग्री नेपाल समाचारपत्र दैनिकले लेखेको छ ।

Advertisement

यस प्रकारको घटना दोस्राेपटक घटेको पनि तिनीहरुले जनाएका छन् । बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको उपचार हुँदै थियो । विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि सेवनसमेत छोडिसकेको बताइएको छ । तर, अनुसन्धानकर्ताहरुले भने अहिल्यै उनको एचआईभी निको भइसकेको भन्न पनि नसकिने बताएका छन् ।

यसैगरी विशेषज्ञहरुले अधिकांश एचआईभी पीडितलाई यस विधिबाट उपचार गराउनु व्यवहारिक नभएको तर एक दिन एचआईभीविरुद्धको सफल उपचार पत्ता लगाउन यो उपाय सहायक सिद्ध हुने बताएका छन् ।यी बिरामीलाई सन् २००३ मा एचआईभी भएको पत्ता लागेको थियो भने उनी सन् २०१२ मा होड्नकिन्स लिम्फोमा नामक क्यान्सरको अन्तिम चरणबाट पीडिट हुन पुगेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top