टीकापुर घटनाः सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

टीकापुर घटनाः सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

कैलाली,फागुन २२
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको बुधबार बसेको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।उनीहरु सबैलाई भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए ।

सोही घटनामा संलग्न लक्ष्मण थारुलाई अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ तर थारुले सो अवधी जेल जिवन बिताइसकेको कारण आजै जेल मुक्त गरिने बताइएको छ ।

यसअघि सांसद् रेशम चौधरीको बहस मंगलबारबाट सुरु भएर एक सातापछि हिजो (मंगलबार)सकिएको हो । मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले आज सो फैसला सुनाएको हो ।

मधेसी थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.