इटहरी, पुस २६
आगो ताप्ने क्रममा सुनसरीको इटहरीमा दुई बालिकाको निस्सासिएर मृत्यु भएको छ । इटहरी–६ मा डेरा गरी बस्ने आलम मियाँका छोरीहरुको जाडोमा आगो ताप्ने क्रममा आलमकी सात वर्षीया छोरी आलीया मियाँ र दुई वर्षीया आयात मियाँको मृत्यू भएको हो ।
अत्याधिक चिसो बढेपछि कोठाभित्र भुसे चुलो बालेर बालिकासहित आलम दम्पती सुतेका थिए । भुसको चुलोमा आगो बालेको र बन्द कोठामा अक्सिजन अभाव भएकाले स्वासप्रस्वासमा समस्या भइ निस्ससिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जानएको छ ।